हेर्नुस् आजको सुन चाँदीको मूल्य

Aug 26th, 2022

ललितपुर,भाद्र १०

सुनको मूल्य आज स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आजको लागि पनि छापावाला सुनको मूल्य प्रतितोला रु ९५ हजार ८०० र तेजाबी सुनको मूल्य प्रतितोला रु ९५ हजार ३०० तोकेको छ ।

आज चाँदीको मूल्य पनि स्थिर रहेको छ ।महासङ्घले आजको लागि पनि चाँदीको मूल्य रु एक हजार १७५ तोकेको छ ।