• गृहपृष्ठ
  • थप ४४४ जनामा कोरोना सङ्क्रमण ,तीन जनाको मृत्यु

थप ४४४ जनामा कोरोना सङ्क्रमण ,तीन जनाको मृत्यु

Aug 25th, 2022

काठमाडौं, ९ भदौ

बिहीबार थप ४४४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा देशभरिका विभिन्न प्रयोगशालामा चार हजार ९५४ जनाको नमूना परीक्षण गर्दा उक्त सङ्ख्यामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । यो सँगै हालसम्म सङ्क्रमितको सङ्ख्या नौ लाख ९६ हजार ४४२ पुगेको छ ।

हालसम्म ५८ लाख ८० हजार ३५५ जनाको पीसीआर परीक्षण गरिएको छ।हाल सक्रिय सङ्क्रमितको सङ्ख्या चार हजार १९९ रहेको छ ।

थप ३०७ जना डिस्चार्ज

नेपालमा पछिल्लो २४ घण्टामा ३०७ जनाले कोरोना जितेका छन् ।

यो सँगै हालसम्म कोरोनामुक्त भई डिस्चार्ज हुनेको कूल सङ्ख्या नौ लाख ८० हजार २४५ पुगेको छ ।पछिल्लो २४ घण्टामा कोरोनाबाट थप तीन जनाको मृत्यु भएको छ ।