तोलामा ५०० ले बढ्यो सुनको मूल्य

Aug 25th, 2022

काठमाडौं, ९ भदौ

आज ​सुनको मूल्य बढेको छ । बुधबार तोलामा ९५ हजार ३०० मा कारोवार भएको छापावाल सुन आज प्रतितोला ५०० ले बढेर ९५ हजार ८०० मा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको भाउ पनि प्रतितोला ५०० ले बढेर ९५ हजार ३०० मा कारोवार भएको छ । यस अघि बुधबार तेजावी सुन रु ९४ हजार ८०० मा कारोवार भएको थियो ।

आज चाँदीको मूल्य भने अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु दश ले बढेर रु एक हजार १७५ तोकिएको महासङ्घले जनाएको छ ।