• गृहपृष्ठ
  • मैत्रीपूर्ण खेलमा बार्सिलोना र सिटीको बराबरी

मैत्रीपूर्ण खेलमा बार्सिलोना र सिटीको बराबरी

Aug 25th, 2022

काठमाडौं, ८ भदौं

स्पेनिस क्लब बार्सिलोना र इंग्लिस क्लब म्यानचेस्टर सिटीले मैत्रीपूर्ण खेलमा बराबरी खेलेका छन् ।बुधबार राति भएको खेलमा बार्सिलोना र सिटीले ३–३ गोलको बराबरी खेलेका हुन् ।

क्याम्प नोउमा भएको खेलमा बार्सिलोनाको लागि एमरिक औबामेयांग,फ्रेन्की डे जोंग र मेम्फिस डिपेले एक-एक गोल गरे भने म्यानचेस्टर सिटीको लागि जुलियन अल्भारेज,कोल पाल्मर र रियाद महरेजले एक-एक गोल गरे ।

खेलमा पहिलो अग्रता भने सिटीले लिएको थियो। खेलको २१ औँ मिनेटमा जुलियन अल्भारेजले गोल गर्दे टोलीलाई अग्रता दिलाएका थिए।

तर, खेलको २९ औं मिनेटमा बार्सिलोनाका एमरिक औबामेयांग ले गोल गर्दै खेल बराबरीमा फर्काए ।

दोस्रो हाफको ६६ औँ मिनेटमा बार्सिलोनाका फ्रेन्की डे जोंगले गोल गर्दे टोलीलाई २-१ को अग्रता दिलाए।

तर, खेलको ७० औं मिनेटमा सिटीका कोल पाल्मरले गोल गर्दै खेल २-२ को बराबरीमा फर्काए ।

खेलको ७९ औं मिनेटमा बार्सिलोनाका मेम्फिस डिपेले गोल गर्दे टोलीलाई ३-२ को अग्रता दिलाए।

तर, खेलको इन्जुरी समयमा सिटीका रियाद महरेजले गोल गर्दै खेल बराबरीमा फर्काए र टोलीलाई हारबाट जोगाए