• गृहपृष्ठ
  • विश्वेश्वरप्रसाद कोइराला संस्कृत विद्यापिठमा बैशाखदेखि विद्यार्थी अनुपस्थित

विश्वेश्वरप्रसाद कोइराला संस्कृत विद्यापिठमा बैशाखदेखि विद्यार्थी अनुपस्थित

Aug 24th, 2022

काठमाडौँ ,८ भदौ

सोलुखुम्बुुस्थित विश्वेश्वरप्रसाद कोइराला संस्कृत विद्यापिठमा एकजना पनि विद्यार्थीको अभिलेख छैन । आठ जना कर्मचारीहरु रहेको सो बिधापिठमा नियमित आउने बिध्यार्थी एकै जना पनि नरहेको शिक्षा अधिकृत माधब ढुङ्गानाले वताए । बर्षा्याममा बिध्यार्थी कामले फुर्सद नहुने र बैशाख देखि नै बिध्यार्थीहरु नआएको उनले वताए ।

उनले प्रथम बर्षमा १४, दोश्रो बर्षमा १७, तृतिय बर्षमा १७ जना बिध्यार्थीहरु अध्यनरत हरेको तर हाल भने विद्यालयमा नआएको उनले वताए । तर क्याम्पसमा दुई चौकिदार, एक पियन, एक पुस्तकालय सहयोगी, एक हेडअसिस्टेण्ट, दुई शिक्षक र प्राचार्य गरि आठजना कर्मचारी कार्यरत छन्।

सो बिधापिठमा २०७०, साल देखि प्राचार्य लोकनाथ दाहाल रहेका छन्। प्राचार्यको कार्यकाल चार बर्ष सम्म रहने व्यवस्था छ। बिधापिठ क्याम्पसको हदै सम्मको नाजुक, र दयनिय स्थितीबारे स्थानिय केन्द्रीय कार्यालयमा जानकारी गराएको तर सुनवाई नभएको प्राचार्य दाहालको गुनासो छ।