तोलामा ३०० ले घट्यो सुनको मूल्य

Aug 23rd, 2022

काठमाडौं, ७ भदौ

आज ​सुनको मूल्य घटेको छ । सोमबार तोलामा ९५ हजार ३०० मा कारोवार भएको छापावाल सुन आज प्रतितोला ३०० ले घटेर ९५ हजारमा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको भाउ पनि प्रतितोला ३०० ले घटेर ९४ हजार ५०० मा कारोवार भएको छ । यस अघि सोमबार तेजावी सुन रु ९४ हजार ८०० मा कारोवार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु पाँच ले घटेर रु एक हजार १६० तोकिएको महासङ्घले जनाएको छ ।