• गृहपृष्ठ
  • लिभरपुलमाथि म्यानचेस्टर युनाईटेडको जित

लिभरपुलमाथि म्यानचेस्टर युनाईटेडको जित

Aug 23rd, 2022

काठमाडौं, ७ भदौं

इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेडले सिजनको पहिलो जित निकालेको छ। सोमबार राति भएको खेलमा युनाईटेडले लिभरपुललाई २-१ गोलले पराजित गरेको हो ।

ओल्ड ट्राफोर्डमा युनाईटेडलाई जित दिलाउन जाडोन सान्चो र मार्कस रासफोर्डले एक-एक गोल गरे ।लिभरपुलका मोहम्मद सलाहले एक गोल गरे ।

खेलको १६ औं मिनेटमा जाडोन सान्चोले गोल गर्दै युनाईटेडलाई सुरुवाती अग्रता दिलाएका थिए ।दोस्रो हाफको ५३ औं मिनेटमा मार्कस रासफोर्डले गोल गर्दै टोलीको अग्रता दोब्बर पारे ।

खेलको ८१ औँ मिनेटमा लिभरपुलका मोहम्मद सलाहले गोल गर्दै खेल २-१ को स्थितिमा फर्काए।त्यसपछि बाकी समयमा कुनै गोल हुन सकेन र युनाईटेडले जित निकालेको हो

जितसँगै युनाईटेडले तीन खेलबाट तीन अंक जोडेको छ र तालिकाको १४ औँ स्थानमा छ ।पराजित लिभरपुलको तीन खेलबाट दुई अंक छ र तालिकाको १६ औँ स्थानमा छ ।