तोलामा २०० ले घट्यो सुनको मूल्य

Aug 22nd, 2022

काठमाडौं, ६ भदौ

आज ​सुनको मूल्य घटेको छ । आइतबार तोलामा ९५ हजार ५०० मा कारोवार भएको छापावाल सुन आज प्रतितोला ३०० ले घटेर ९५ हजार ३०० मा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको भाउ पनि प्रतितोला २०० ले घटेर ९४ हजार ८०० मा कारोवार भएको छ । यस अघि आइतबार तेजावी सुन रु ९५ हजारमा कारोवार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु पाँच ले घटेर रु एक हजार १६५ तोकिएको महासङ्घले जनाएको छ ।