न्युकासलसँग बराबरीमा रोकियो सिटी

Aug 22nd, 2022

काठमाडौं, ६ भदौं

इंग्लिस प्रिमियर लिग फुटबलमा साविक विजेता म्यानचेस्टर सिटी न्युकासलसँग बराबरीमा रोकिएको छ । आइतबार राति न्युकासलको मैदानमा भएको खेलमा सिटी र न्युकासलले ३-३ गोलको बराबरीमा खेल्दै अंक बाडेका हुन् ।

खेलमा सिटीको लागि इल्के गुन्डोगन,एर्लिंग हालाण्ड र बर्नार्डो सिल्भाले एक-एक गोल गरे ।न्युकासलका मिगुएल अल्मिरोन,कलम विल्सन र केइरन ट्रिपियरले एक-एक गोल गरे ।

खेलमा पहिलो अग्रता सिटीले लिएको थियो । खेलको पाँचौं मिनेटमा इल्के गुन्डोगनले गोल गर्दै सिटीलाई सुरुवाती अग्रता दिलाएका थिए।

खेलको २८ औं मिनेटमा न्युकासलका मिगुएल अल्मिरोन गोल गर्दै खेल १-१ को बराबरीमा फर्काए। खेलको ३९ औं मिनेटमा न्युकासलका कलम विल्सनले गोल गर्दै २-१ ले अघि बढाए। दोस्रो हाफको ५४ औं मिनेटमा न्युकासलका केइरन ट्रिपियरले गोल गर्दै ३-१ ले अघि बढाए।

तर, खेलको ६० औं मिनेटमा सिटीका एर्लिंग हालाण्डले गोल गर्दै ३-२ को स्थितिमा ल्याए । त्यसपछि खेलको ६४ औं मिनेटमा सिटीका बर्नार्डो सिल्भाले गोल गर्दै खेल ३-३ को बराबरीमा फर्काए र टोलीलाई हारबाट जोगाए ।

बराबरीसँगै सिटीको तीन खेलबाट सात अंक छ र दोस्रो स्थानमा छ। न्युकासलको तीन खेलबाट पाँच अंक छ र छैटौं स्थानमा छ।