• गृहपृष्ठ
  • पीएसजीको जितमा एमबाप्पेले गरे ह्याट्रिक

पीएसजीको जितमा एमबाप्पेले गरे ह्याट्रिक

Aug 22nd, 2022

काठमाडौं, ६ भदौं

फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले फराकिलो जित निकालेको छ । आइतबार राति भएको खेलमा पीएसजीले लिलेलाई ७-१ गोलले पराजित गरेको हो ।

लिलेको घरेलु मैदानमा पीएसजीलाई जित दिलाउन केलियन एमबाप्पेले ह्याट्रिक गरे भने नेमारले दुई गोल गरे।त्यस्तै लियोनल मेस्सी र अचराफ हाकिमीले एक-एक गोल गरे । लिलेका जोनाथन बाम्बाले एक गोल गरे।

खेलको पहिलो मिनेटमा केलियन एमबाप्पेले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । खेलको २७ औं मिनेटमा लियोनल मेस्सीले गोल गर्दै पीएसजीलाई २-० ले अघि बढाए ।खेलको ३९ औं मिनेटमा अचराफ हाकिमीले गोल गर्दै पीएसजीलाई ३-० ले अघि बढाए ।

खेलको ४३ औं मिनेटमा नेमारले गोल गर्दै पीएसजीलाई ४-० ले अघि बढाए ।दोस्रो हाफको ५२ औं मिनेटमा नेमारले व्यक्तिगत दोस्रो गोल गर्दै पीएसजीलाई ५-० ले अघि बढाए ।

खेलको ५४ औं मिनेटमा लिलेका जोनाथन बाम्बाले गोल गर्दै खेल ५-१ को स्थितिमा ल्याए । खेलको ६६ औं मिनेटमा एमबाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दै पीएसजीलाई ६-१ ले अघि बढाए । त्यसपछि खेलको ८७ औं मिनेटमा एमबाप्पेले ह्याट्रिक पूरा गर्दै टोलीलाई ७-१ को जित दिलाए ।

जितसंगै पीएसजीले तीन खेलबाट नौ अंक जोडेको छ र शीर्ष स्थानमा दुई अंकको अग्रता बनाएको छ ।पराजित लिलेको तीन खेलबाट चार अंक छ र १२ औं स्थानमा छ ।