• गृहपृष्ठ
  • यसरी रहन गयो जालपा पोखरीको नाम “सुकेपोखरी” (फिचर)

यसरी रहन गयो जालपा पोखरीको नाम “सुकेपोखरी” (फिचर)

Aug 21st, 2022

सोलुखुम्बु ,भाद्र ५

सोलुखुम्बु जिल्ला नेपालको एउटा पुर्बि जिल्ला हो। यो जिल्ला प्रदेश नँ – १,मा पर्दछ।,यस जिल्लामा (क) र (ख) गरि २, वटा स्थानिय प्रदेशहरु छन्। जस मध्ये “सुकेपोखरी” नामक सुन्दर पोखरी (क) प्रदेशको नेचासल्यान गा.पा. को वार्ड नँ – ३, मा पर्दछ। यस पोखरीको ईतिहाँसलाई लिएर आज भन्दा २५० बर्ष पहिला स्थानिय आदिबासी अग्रज पुर्खा बिरचन राईले दिँउसो आफुले पालेको गाई चरनमा छोडे पछि चरिरहेको गर्भिणि गाई धेरै दिन चरनबाटै हरायो।,किन यसरी हरायो।,भनी खोजी गर्देै जाँदा जङ्गलको कुनै एउटा स्थानमा गाईले दूध चुहाउँदै गरेको सबैले देखेपछि दिनभरि बाछो बिनाको गाईको दूध बेलुका गाईको (दूध,भण्डार) फाँचोमा हुँदै नहुनुको कारण बुझि यो दैबी शक्तिबाट नै यस्तो भएको कारण गाईले दूध खसाएको हो भनि सो स्थानमा देबिलाई पुजा,आराधना गरि गोठरी देबिलाई पुजी त्यहाँ रहेको पोखरी लाई जालपा पोखरी भनियो। अझै पनि यहाँका स्थानिय धेरैजना भन्ने गर्छन् आज भन्दा धेरै बर्ष अगाडि त्यस पोखरी ओरीपरी रुखबाट झरेको सुकेको पोखरीको फोहोर पातहरु टिप्न र सफा गर्ने एउटा सेतो हाँस रहेको बाबू,बाजेहरुले देखेको पनि त्यहाँ स्थानिय बुढापाका हरुको कडा दाबी छ।

तर जालपा पोखरी कालान्तरमा पछि गएर एक्कासी बि.सँ ( १९८१, सालमा देश,बिदेश भरी धेरै लामो समय सम्म पनि पानी नपरी खडेरी पर्न जाँदा सो जालपा पोखरीको पानी पनि सुक्न गई तत्पश्चात पछि गएर “सुकेपोखरी” नामाकरण गरिएको कुरा त्यहाँका स्नानिय ठगेन्द्र कुमार जमरकटेल बताँउछन्। सो स्थान, बर्तमानमा असाध्यै राम्रो पर्यटकिय स्थल समेत बनेको छ। विशेष यहाँको आकर्षक बिषय गुफा रहेको छ।, यस गुफा भित्रका सिँडीहरुमा उज्यालोको ब्यबस्था गरेर सहजै हिँड्न र कम कठिनका साथ गुफा ओहोर,दाहोर गर्न सकिने रहेको छ। यस स्थानमा केही बर्ष यता गाँउपालिकाले पनि ध्यानाकर्षण गरि मठ,मन्दिर, सुधार निर्माण गरि भक्तजनहरुको सुबिधाको लागि ब्यबस्थित सिँडी,खुट्टकिला र टहराहरु निर्माण गरिसकेको देखिन्छ।

यस पर्यटकिय धार्मिक स्थलमा आज भन्दा ४००,बर्ष अगाडि महायज्ञ होमकुण्ड लगाईएको किम्बदन्ती र महायज्ञ लगाँउदा डढाईएको कालो खरानीको भाग कालो माटो र ढुङ्गाको रुप बर्तमानमा पनि यदाकदा भेट्टाउने गरेको जमरकट्टेल बताँउछन्। हाल सो पर्यटकिय धाार्मिक स्थलमा ऋषितर्पणि पुर्णेका दिन (पञ्चमी) मेला लाग्ने र जो कोही सर्बसाधाहरणको लागि पिकनिक् पार्टी, र आनन्द लिने र रमाईलो गर्ने,गराउने आकर्षण र रमाईलो पर्यटकिय स्थल बनेको छ ।

धार्मिक पर्यटकिय स्थल “सुकेपोखरी” को केही झलक तल फोटो ईन्सेटमा