हेर्नुस् आजको सुन चाँदीको मूल्य

Aug 21st, 2022

ललितपुर,भाद्र ५

सुनको मूल्य आज स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आजको लागि पनि छापावाला सुनको मूल्य प्रतितोला रु ९५ हजार ५०० र तेजाबी सुनको मूल्य प्रतितोला रु ९५ हजार तोकेको छ ।

आज चाँदीको मूल्य भने अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १५ ले घटेर रु एक हजार १७० तोकिएको महासङ्घले जनाएको छ ।