शनिबार थपिए २९९ कोरोना सङ्क्रमित

Aug 20th, 2022

काठमाडौं, ४ भदौं

शनिबार थप २९९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा देशभरिका विभिन्न प्रयोगशालामा चार हजार ३३७ जनाको नमूना परीक्षण गर्दा उक्त सङ्ख्यामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । यो सँगै हालसम्म सङ्क्रमितको सङ्ख्या नौ लाख ९५ हजार ३९ पुगेको छ ।

हालसम्म ५८ लाख ६८ हजार ५९९ जनाको पीसीआर परीक्षण गरिएको छ।हाल सक्रिय सङ्क्रमितको सङ्ख्या चार हजार ६२५ रहेको छ ।

थप ५७७ जना डिस्चार्ज

नेपालमा पछिल्लो २४ घण्टामा ५७७ जनाले कोरोना जितेका छन् ।

यो सँगै हालसम्म कोरोनामुक्त भई डिस्चार्ज हुनेको कूल सङ्ख्या नौ लाख ७८ हजार ४२२ पुगेको छ ।पछिल्लो २४ घण्टामा कोरोनाबाट थप दुई जनाको मृत्यु भएको छ ।