तोलामा ४०० ले घट्यो सुनको मूल्य

Aug 19th, 2022

काठमाडौं, ३ भदौ

आज ​सुनको मूल्य घटेको छ । बिहीबार तोलामा ९५ हजार ९०० मा कारोवार भएको छापावाल सुन आज प्रतितोला ४०० ले घटेर ९५ हजार ५०० मा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको भाउ पनि प्रतितोला ४०० ले घटेर ९५ हजारमा कारोवार भएको छ । यस अघि बिहीबार तेजावी सुन रु ९५ हजार ४०० मा कारोवार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १० ले घटेर रु एक हजार १८५ तोकिएको महासङ्घले जनाएको छ ।