तोलामा ३०० ले घट्यो सुनको मूल्य

Aug 18th, 2022

काठमाडौं, ०२ भदौ

आज ​सुनको मूल्य घटेको छ । बुधबार तोलामा ९६ हजार २०० मा कारोवार भएको छापावाल सुन आज प्रतितोला ३०० ले घटेर ९५ हजार ९०० मा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको भाउ पनि प्रतितोला ३०० ले घटेर ९५ हजार ४०० मा कारोवार भएको छ । यस अघि बुधबार तेजावी सुन रु ९५ हजार ७०० मा कारोवार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १५ ले घटेर रु एक हजार १९५ तोकिएको महासङ्घले जनाएको छ ।