• गृहपृष्ठ
  • ६३८३ जनाको नमूना परीक्षण गर्दा ८५२ जनामा कोरोना सङ्क्रमण

६३८३ जनाको नमूना परीक्षण गर्दा ८५२ जनामा कोरोना सङ्क्रमण

Aug 17th, 2022

काठमाडौं, १ भदौ

बुधबार थप ८५२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा देशभरिका विभिन्न प्रयोगशालामा छ हजार ३८३ जनाको नमूना परीक्षण गर्दा उक्त सङ्ख्यामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । यो सँगै हालसम्म सङ्क्रमितको सङ्ख्या नौ लाख ९४ हजार ३८९ पुगेको छ ।

हालसम्म ५८ लाख ६३ हजार २२६ जनाको पीसीआर परीक्षण गरिएको छ।हाल सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार ४६२ रहेको छ ।

थप ३२८ जना डिस्चार्ज

नेपालमा पछिल्लो २४ घण्टामा ३२८ जनाले कोरोना जितेका छन् ।

यो सँगै हालसम्म कोरोनामुक्त भई डिस्चार्ज हुनेको कूल सङ्ख्या नौ लाख ७६ हजार ९६७ पुगेको छ ।