७०० ले घट्यो सुनको मूल्य

Aug 16th, 2022

काठमाडौं, ३१ साउन

आज ​सुनको मूल्य घटेको छ । सोमबार तोलामा ९७ हजार ४०० मा कारोवार भएको छापावाल सुन आज प्रतितोला ७०० ले घटेर ९६ हजार ७०० मा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको भाउ पनि प्रतितोला ७०० ले घटेर ९६ हजार २०० मा कारोवार भएको छ । यस अघि सोमबार तेजावी सुन रु ९६ हजार ९०० मा कारोवार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १५ ले घटेर रु एक हजार २२० तोकिएको महासङ्घले जनाएको छ ।