• गृहपृष्ठ
  • राष्ट्रपतिबाट नगारिकता विद्येयक अस्वीकृत

राष्ट्रपतिबाट नगारिकता विद्येयक अस्वीकृत

Aug 15th, 2022

काठमाडौं ३० साउन

राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक संसदमै फिर्ता पठाएकी छन् ।राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार राष्ट्रपति भण्डारीले पुनर्विचार गर्न नागरिकता विधेयक आइतबार संसदमा फिर्ता पठाएकी हुन् ।

सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष प्रतिनिधि सभाका सम्माननीय सभामुखबाट प्रमाणित भई नेपालको संविधानको धारा ११३ को उपधारा ९२० बमोजिम प्रमाणीकरणका लागि पेश हुन आएको नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकमा नेपालको संविधान बमोजिम नागरिकता प्राप्ति सम्बन्धी विषयमा संघीय संसदबाट पुनर्विचार हुन आवश्यक देखिएकोले नेपालको संविधानको धारा ११३ को उपधारा ९३० बमोजिम सन्देश सहित यो विधेयक राष्टपतिले फिर्ता पठाउनु भएको हो ।

संसदका दुबै सदनले पारित गरेर पठाएको विधेयक राष्ट्रपतिले १५ दिनभित्र प्रमाणीकरण गर्ने वा पुनर्विचारका लागि फिर्ता पठाउन सक्ने संवैधानिक व्यवस्था छ ।