• गृहपृष्ठ
  • प्रतिनिधि सभाको बैठक बस्दै, यस्ता छन् एजेण्डा

प्रतिनिधि सभाको बैठक बस्दै, यस्ता छन् एजेण्डा

Aug 14th, 2022

काठमाडौ २९ साउन

प्रतिनिधि सभाको बैठक आज बस्ने बैठकमा विभिन्न विद्येयक पेश हुने कार्यसूची रहेको छ । प्रतिनिधि सभाको आजको बैठक बिहान ११ बजेबाट शुरु हुने कार्यसूची रहेको छ र आजको कार्यसूची अनुसार आजको बैठकमा ५ वटा विद्येक पेश गर्ने कार्यसूची रहेको छ । जसमा अर्थमन्त्री जनार्दन शर्माले २ वटा,भौतिक पूर्वाधार मन्त्री इस्यिाक राइले एउटा र उद्योगमन्त्री दिलेन्द प्रसाद बढुले २ वटा विद्येयक अघि बढाउनेछन् ।

आजको प्रतिनिधि सभाको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले ‘अर्थ समितिको प्रतिवेदन सहितको बीमा विधेयक, २०७५ माथि छलफल गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।

यस्तै मन्त्री शर्माले ‘अर्थ समितिको प्रतिवेदन सहितको सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७६ माथि छलफल गरियोस्,’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन् ।

यस्तै प्रतिनिधि सभाको बैठकमा राष्ट्रिय सभाको सन्देश सहितको ‘काठमाडौं उपत्यका सार्वजनिक यातायात (व्यवस्थापन) प्राधिकरण विधेयक, ०७६’ को दफाहरूलाई निर्णयार्थ प्रस्तुत गरिने सम्भावित कार्यसूची छ ।

बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राईले राष्ट्रिय सभाको सन्देश सहितको यो विद्येयक पेश गर्नेछन् ।
यस्तै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद बडूले राष्ट्रिय सभाको सन्देश सहितको ‘स्टान्डर्ड नाप र तौल ९पाँचौं संशोधन० विधेयक, २०७८ माथिको दफावार छलफल सदनमा गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन् । यस्तै प्रत्यायन विद्येयक पनि पेश गर्ने कार्यसूची रहेको छ ।

सो विधेयकलाई छलफल पश्चात निर्णयार्थ प्रस्तुत गरिनेछ ।