थप ८१५ जनामा कोरोना सङ्क्रमण

Aug 11th, 2022

काठमाडौं, २६ साउन

बिहीबार थप ८१५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा देशभरिका विभिन्न प्रयोगशालामा चार हजार ५३४ जनाको नमूना परीक्षण गर्दा उक्त सङ्ख्यामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । यो सँगै हालसम्म सङ्क्रमितको सङ्ख्या नौ लाख ९२ हजार १४६ पुगेको छ ।

हालसम्म ५८ लाख ४७ हजार ४७६ जनाको पीसीआर परीक्षण गरिएको छ।हाल सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार ८६९ रहेको छ ।

थप ४७६ जना डिस्चार्ज

नेपालमा पछिल्लो २४ घण्टामा ४७६ जनाले कोरोना जितेका छन् ।

यो सँगै हालसम्म कोरोनामुक्त भई डिस्चार्ज हुनेको कूल सङ्ख्या नौ लाख ७४ हजार २९५ पुगेको छ ।पछिल्लो २४ घण्टामा कोरोनाबाट थप पाँच जनाको मृत्यु भएको छ ।