• गृहपृष्ठ
  • रिचेत जलविद्युत कम्पनी लिमिटेडको सार्वजनिक निष्काशनको बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड नियुक्त

रिचेत जलविद्युत कम्पनी लिमिटेडको सार्वजनिक निष्काशनको बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड नियुक्त

Aug 11th, 2022

काठमाडौं, २६ साउन

रिचेत जलविद्युत कम्पनी लिमिटेडको सार्वजनिक निष्काशन गर्नको लागि एनआईबिएल एस क्यापिटल लिमिटेड बिक्री प्रबन्धकको रुपमा नियुक्त भएको छ ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा सर्वसाधारणका लागि १,१२,२२३.५७ कित्ता साधारण शेयरहरुको सार्वजनिक निष्काशन गर्ने निर्णय गरेको हो।

उक्त सम्झौतापत्रमा अर्जुन प्रसाद पौडेल (अध्यक्ष, रिचेत जलविद्युत कम्पनी लिमिटेड) र श्री शिशिर खनाल (कम्पनी सचिव, रिचेत जलविद्युत कम्पनी लिमिटेड) तथा श्री सचिन्द्र ढुंगाना (नायव महाप्रबन्धक, एनआईबिएल एस क्यापिटल लिमिटेड) र रोश्ना मानन्धर (प्रमुख – मर्चेन्ट बैंकिङ, एनआईबिएल एस क्यापिटल लिमिटेड) ले हस्ताक्षर गर्नुभएको छ ।