तोलामा ५०० ले घट्यो सुनको मूल्य

Aug 11th, 2022

काठमाडौं, २६ साउन

आज ​सुनको मूल्य घटेको छ । बुधबार तोलामा ९७ हजार १०० मा कारोवार भएको छापावाल सुन आज प्रतितोला ५०० ले घटेर ९६ हजार ६०० मा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको भाउ पनि प्रतितोला ५०० ले घटेर ९८ हजार १०० मा कारोवार भएको छ । यस अघि बुधबार तेजावी सुन रु ९६ हजार ६०० मा कारोवार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु ५ ले घटेर रु एक हजार २२५ तोकिएको महासङ्घले जनाएको छ ।