• गृहपृष्ठ
  • २४ घण्टामा कोरोनाबाट तीन जनाको मृत्यु ,८६८ जनामा सङ्क्रमण

२४ घण्टामा कोरोनाबाट तीन जनाको मृत्यु ,८६८ जनामा सङ्क्रमण

Aug 10th, 2022

काठमाडौं, २५ साउन

बुधबार थप ८६८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा देशभरिका विभिन्न प्रयोगशालामा छ हजार ७०५ जनाको नमूना परीक्षण गर्दा उक्त सङ्ख्यामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । यो सँगै हालसम्म सङ्क्रमितको सङ्ख्या नौ लाख ९१ हजार ६८१ पुगेको छ ।

हालसम्म ५८ लाख ४५ हजार ६५ जनाको पीसीआर परीक्षण गरिएको छ।हाल सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार ८८५ रहेको छ ।

थप ४१४ जना डिस्चार्ज

नेपालमा पछिल्लो २४ घण्टामा ४१४ जनाले कोरोना जितेका छन् ।

यो सँगै हालसम्म कोरोनामुक्त भई डिस्चार्ज हुनेको कूल सङ्ख्या नौ लाख ७३ हजार ८१९ पुगेको छ ।पछिल्लो २४ घण्टामा कोरोनाबाट थप तीन जनाको मृत्यु भएको छ ।