तोलामा २०० ले बढ्यो सुनको मूल्य

Aug 10th, 2022

काठमाडौं, २५ साउन

आज ​सुनको मूल्य बढेको छ । मंगलबार तोलामा ९६ हजार ९०० मा कारोवार भएको छापावाल सुन आज प्रतितोला २०० ले बढेर ९७ हजार १०० मा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको भाउ पनि प्रतितोला २०० ले बढेर ९६ हजार ६०० मा कारोवार भएको छ । यस अघि मंगलबार तेजावी सुन रु ९६ हजार ४०० मा कारोवार भएको थियो ।

आज चाँदीको मूल्य भने अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १० ले घटेर रु एक हजार २३० तोकिएको महासङ्घले जनाएको छ ।यस अघि मंगलबार चाँदी रु एक हजार २४० मा कारोवार भएको थियो ।