थप १०९० जनामा कोरोना सङ्क्रमण

Aug 9th, 2022

काठमाडौं, २४ साउन

मंगलबार थप १०९० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा देशभरिका विभिन्न प्रयोगशालामा छ हजार ३०० जनाको नमूना परीक्षण गर्दा उक्त सङ्ख्यामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । यो सँगै हालसम्म सङ्क्रमितको सङ्ख्या नौ लाख ९१ हजार १८५ पुगेको छ ।

हालसम्म ५८ लाख ४१ हजार ४५१ जनाको पीसीआर परीक्षण गरिएको छ।हाल सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार ८०६ रहेको छ ।

थप ४३८ जना डिस्चार्ज

नेपालमा पछिल्लो २४ घण्टामा ४३८ जनाले कोरोना जितेका छन् ।

यो सँगै हालसम्म कोरोनामुक्त भई डिस्चार्ज हुनेको कूल सङ्ख्या नौ लाख ७३ हजार ४०५ पुगेको छ ।पछिल्लो २४ घण्टामा कोरोनाबाट थप दुई जनाको मृत्यु भएको छ ।