तोलामा ६०० ले बढ्यो सुनको मूल्य

Aug 9th, 2022

काठमाडौं, २४ साउन

आज ​सुनको मूल्य बढेको छ । सोमबार तोलामा ९६ हजार ३०० मा कारोवार भएको छापावाल सुन आज प्रतितोला ६०० ले बढेर ९६ हजार ९०० मा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको भाउ पनि प्रतितोला ६०० ले बढेर ९६ हजार ४०० मा कारोवार भएको छ । यस अघि सोमबार तेजावी सुन रु ९५ हजार ८०० मा कारोवार भएको थियो ।

आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु ३५ ले बढेर रु एक हजार २४० तोकिएको महासङ्घले जनाएको छ ।यस अघि सोमबार चाँदी रु एक हजार २०५ मा कारोवार भएको थियो ।