• गृहपृष्ठ
  • ५३५१ जनाको नमूना परीक्षण गर्दा ९३४ जनामा कोरोना सङ्क्रमण

५३५१ जनाको नमूना परीक्षण गर्दा ९३४ जनामा कोरोना सङ्क्रमण

Aug 8th, 2022

काठमाडौं, २३ साउन

सोमबार थप ९३४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा देशभरिका विभिन्न प्रयोगशालामा पाँच हजार ३५१ जनाको नमूना परीक्षण गर्दा उक्त सङ्ख्यामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । यो सँगै हालसम्म सङ्क्रमितको सङ्ख्या नौ लाख ९० हजार ६२५ पुगेको छ ।

हालसम्म ५८ लाख ३८ हजार ४९३ जनाको पीसीआर परीक्षण गरिएको छ।हाल सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार ६८३ रहेको छ ।

थप ४७० जना डिस्चार्ज

नेपालमा पछिल्लो २४ घण्टामा ४७० जनाले कोरोना जितेका छन् ।

यो सँगै हालसम्म कोरोनामुक्त भई डिस्चार्ज हुनेको कूल सङ्ख्या नौ लाख ७२ हजार ९६७ पुगेको छ ।पछिल्लो २४ घण्टामा कोरोनाबाट थप एक जनाको मृत्यु भएको छ ।