तोलामा ५०० ले घट्यो सुनको मूल्य

Aug 7th, 2022

काठमाडौं, २२ साउन

आज ​सुनको मूल्य घटेको छ । शुक्रबार तोलामा ९६ हजार ८०० मा कारोवार भएको छापावाल सुन आज प्रतितोला ५०० ले घटेर ९६ हजार ३०० मा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको भाउ पनि प्रतितोला ५०० ले घटेर ९५ हजार ८०० मा कारोवार भएको छ । यस अघि शुक्रबार तेजावी सुन रु ९६ हजार ३०० मा कारोवार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १५ ले घटेर रु एक हजार २०५ तोकिएको महासङ्घले जनाएको छ ।यस अघि शुक्रबार चाँदी रु एक हजार २२० मा कारोवार भएको थियो ।