तोलामा ७०० ले बढ्यो सुनको मूल्य

Aug 5th, 2022

काठमाडौं, २० साउन

आज ​सुनको मूल्य बढेको छ । बिहीबार तोलामा ९६ हजार १०० मा कारोवार भएको छापावाल सुन आज प्रतितोला ७०० ले बढेर ९६ हजार ८०० मा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको भाउ पनि प्रतितोला ८०० ले बढेर ९६ हजार ३०० मा कारोवार भएको छ । यस अघि बिहीबार तेजावी सुन रु ९५ हजार ६०० मा कारोवार भएको थियो ।

आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १० ले बढेर रु एक हजार २२० तोकिएको महासङ्घले जनाएको छ ।यस अघि बिहीबार चाँदी रु एक हजार २१० मा कारोवार भएको थियो ।