थप ७६० जनामा कोरोना सङ्क्रमण

Aug 4th, 2022

काठमाडौं, १९ साउन

बिहीबार थप ७६० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा देशभरिका विभिन्न प्रयोगशालामा पाँच हजार ९२६ जनाको नमूना परीक्षण गर्दा उक्त सङ्ख्यामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । यो सँगै हालसम्म सङ्क्रमितको सङ्ख्या नौ लाख ८८ हजार ८२१ पुगेको छ ।

हालसम्म ५८ लाख २८ हजार ७०८ जनाको पीसीआर परीक्षण गरिएको छ।हाल सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार ६०२ रहेको छ ।

थप ३२४ जना डिस्चार्ज

नेपालमा पछिल्लो २४ घण्टामा ३२४ जनाले कोरोना जितेका छन् ।

यो सँगै हालसम्म कोरोनामुक्त भई डिस्चार्ज हुनेको कूल सङ्ख्या नौ लाख ७१ हजार २५० पुगेको छ ।पछिल्लो २४ घण्टामा कोरोनाबाट थप एक जनाको मृत्यु भएको छ ।