तोलामा ८०० ले बढ्यो सुनको मूल्य

Aug 4th, 2022

काठमाडौं, १९ साउन

आज ​सुनको मूल्य बढेको छ । बुधबार तोलामा ९५ हजार ३०० मा कारोवार भएको छापावाल सुन आज प्रतितोला ८०० ले बढेर ९६ हजार १०० मा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको भाउ पनि प्रतितोला ८०० ले बढेर ९५ हजार ६०० मा कारोवार भएको छ । यस अघि बुधबार तेजावी सुन रु ९४ हजार ८०० मा कारोवार भएको थियो ।

आज चाँदीको मूल्य स्थिर रहेको छ ।महासङ्घले आजको लागि पनि चाँदीको मूल्य प्रतितोला रु एक हजार २१० तोकेको छ ।