तोलामा ३०० ले घट्यो सुनको मूल्य

Aug 3rd, 2022

काठमाडौं, १८ साउन

आज ​सुनको मूल्य घटेको छ । मंगलबार तोलामा ९५ हजार ६०० मा कारोवार भएको छापावाल सुन आज प्रतितोला ३०० ले घटेर ९५ हजार ३०० मा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको भाउ पनि प्रतितोला ३०० ले घटेर ९४ हजार ८०० मा कारोवार भएको छ । यस अघि मंगलबार तेजावी सुन रु ९५ हजार १०० मा कारोवार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १० ले घटेर रु एक हजार २१० तोकिएको महासङ्घले जनाएको छ ।यस अघि मंगलबार चाँदी रु एक हजार २२० मा कारोवार भएको थियो ।