मंगलबार थपिए ८१४ कोरोना सङ्क्रमित

Aug 2nd, 2022

काठमाडौं, १६ साउन

मंगलबार थप ८१४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा देशभरिका विभिन्न प्रयोगशालामा पाँच हजार ४१५ जनाको नमूना परीक्षण गर्दा उक्त सङ्ख्यामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । यो सँगै हालसम्म सङ्क्रमितको सङ्ख्या नौ लाख ८७ हजार ७३७ पुगेको छ ।

हालसम्म ५८ लाख २३ हजार २८ जनाको पीसीआर परीक्षण गरिएको छ।हाल सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार १४४ रहेको छ ।

थप २९९ जना डिस्चार्ज

नेपालमा पछिल्लो २४ घण्टामा २९९ जनाले कोरोना जितेका छन् ।

यो सँगै हालसम्म कोरोनामुक्त भई डिस्चार्ज हुनेको कूल सङ्ख्या नौ लाख ७० हजार ६२५ पुगेको छ ।पछिल्लो २४ घण्टामा कोरोनाबाट कोहीको पनि मृत्यु भएको छैन ।