तोलामा २०० ले बढ्यो सुनको मूल्य

Aug 2nd, 2022

काठमाडौं, १७ साउन

आज ​सुनको मूल्य बढेको छ । सोमबार तोलामा ९५ हजार ४०० मा कारोवार भएको छापावाल सुन आज प्रतितोला २०० ले बढेर ९५ हजार ६०० मा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको भाउ पनि प्रतितोला २०० ले बढेर ९५ हजार १०० मा कारोवार भएको छ । यस अघि सोमबार तेजावी सुन रु ९४ हजार ९०० मा कारोवार भएको थियो ।

आज चाँदीको मूल्य स्थिर रहेको छ ।महासङ्घले आजको लागि पनि चाँदीको मूल्य प्रतितोला रु एक हजार २२० तोकेको छ ।