थप ८९५ जनामा कोरोना सङ्क्रमण

Aug 1st, 2022

काठमाडौं, १६ साउन

सोमबार थप ८९५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा देशभरिका विभिन्न प्रयोगशालामा पाँच हजार ९०९ जनाको नमूना परीक्षण गर्दा उक्त सङ्ख्यामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । यो सँगै हालसम्म सङ्क्रमितको सङ्ख्या नौ लाख ८७ हजार २२८ पुगेको छ ।

हालसम्म ५८ लाख दुई हजार २६६ जनाको पीसीआर परीक्षण गरिएको छ।हाल सक्रिय सङ्क्रमितको सङ्ख्या चार हजार ९३४ रहेको छ ।

थप २६४ जना डिस्चार्ज

नेपालमा पछिल्लो २४ घण्टामा २६४ जनाले कोरोना जितेका छन् ।

यो सँगै हालसम्म कोरोनामुक्त भई डिस्चार्ज हुनेको कूल सङ्ख्या नौ लाख ७० हजार ३२६ पुगेको छ ।पछिल्लो २४ घण्टामा कोरोनाबाट थप एक जनाको मृत्यु भएको छ ।