तोलामा ४०० ले घट्यो सुनको मूल्य

Aug 1st, 2022

काठमाडौं, १६ साउन

आज ​सुनको मूल्य घटेको छ । आइतबार तोलामा ९५ हजार ८०० मा कारोवार भएको छापावाल सुन आज प्रतितोला ४०० ले घटेर ९५ हजार ४०० मा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको भाउ पनि प्रतितोला ४०० ले घटेर ९४ हजार ९०० मा कारोवार भएको छ । यस अघि आइतबार तेजावी सुन रु ९५ हजार ३०० मा कारोवार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १० ले घटेर रु एक हजार २२० तोकिएको महासङ्घले जनाएको छ ।यस अघि आइतबार चाँदी रु एक हजार २३० मा कारोवार भएको थियो ।