तोलामा २०० ले बढ्यो सुनको मूल्य

Jul 31st, 2022

काठमाडौं, १५ साउन

आज ​पनि सुनको मूल्य बढेको छ । शुक्रबार तोलामा ९५ हजार ६०० मा कारोवार भएको छापावाल सुन आज प्रतितोला २०० ले बढेर ९५ हजार ८०० मा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको भाउ पनि प्रतितोला २०० ले बढेर ९५ हजार ३०० मा कारोवार भएको छ । यस अघि शुक्रबार तेजावी सुन रु ९५ हजार १०० मा कारोवार भएको थियो ।

आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १० ले बढेर रु एक हजार २३० तोकिएको महासङ्घले जनाएको छ ।यस अघि शुक्रबार चाँदी रु एक हजार २२० मा कारोवार भएको थियो ।