आज पनि तोलामा ८०० ले बढ्यो सुनको मूल्य

Jul 29th, 2022

काठमाडौं, १३ साउन

आज ​पनि सुनको मूल्य बढेको छ । बिहीबार तोलामा ९४ हजार ८०० मा कारोवार भएको छापावाल सुन आज प्रतितोला ८०० ले बढेर ९५ हजार ६०० मा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको भाउ पनि प्रतितोला ८०० ले बढेर ९५ हजार १०० मा कारोवार भएको छ । यस अघि बिहीबार तेजावी सुन रु ९४ हजार ३०० मा कारोवार भएको थियो ।

आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु ३५ ले बढेर रु एक हजार २२० तोकिएको महासङ्घले जनाएको छ ।यस अघि बिहीबार चाँदी रु एक हजार १८५ मा कारोवार भएको थियो ।