तोलामा ८०० ले बढ्यो सुनको मूल्य

Jul 28th, 2022

काठमाडौं, १२ साउन

आज ​सुनको मूल्य बढेको छ । बुधबार तोलामा ९४ हजारमा कारोवार भएको छापावाल सुन आज प्रतितोला ८०० ले बढेर ९४ हजार ८०० मा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको भाउ पनि प्रतितोला ८०० ले बढेर ९४ हजार ३०० मा कारोवार भएको छ । यस अघि बुधबार तेजावी सुन रु ९३ हजार ५०० मा कारोवार भएको थियो ।

आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु ३० ले बढेर रु एक हजार १८५ तोकिएको महासङ्घले जनाएको छ ।यस अघि बुधबार चाँदी रु एक हजार १५५ मा कारोवार भएको थियो ।