• गृहपृष्ठ
  • कोरोनाबाट एक जनाको मृत्यु, ५६४ जनामा संक्रमण

कोरोनाबाट एक जनाको मृत्यु, ५६४ जनामा संक्रमण

Jul 27th, 2022

काठमाडौं, ११ साउन

बुधबार थप ५६४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा देशभरिका विभिन्न प्रयोगशालामा चार हजार ४५४
जनाको नमूना परीक्षण गर्दा उक्त सङ्ख्यामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । यो सँगै हालसम्म सङ्क्रमितको सङ्ख्या नौ लाख ८४ हजार ८९३ पुगेको छ ।

हालसम्म ५८ लाख सात हजार १३६ जनाको पीसीआर परीक्षण गरिएको छ।हाल सक्रिय सङ्क्रमितको सङ्ख्या तीन हजार ९२९ रहेको छ ।

थप २०२ जना डिस्चार्ज

नेपालमा पछिल्लो २४ घण्टामा २०२ जनाले कोरोना जितेका छन् ।

यो सँगै हालसम्म कोरोनामुक्त भई डिस्चार्ज हुनेको कूल सङ्ख्या नौ लाख ६९ हजार चार पुगेको छ ।पछिल्लो २४ घण्टामा कोरोनाबाट थप एक जनाको मृत्यु भएको छ ।