तोलामा २०० ले घट्यो सुनको मूल्य

Jul 26th, 2022

काठमाडौं, १० साउन

आज ​सुनको मूल्य घटेको छ । सोमबार तोलामा ९४ हजार ४०० मा कारोवार भएको छापावाल सुन आज प्रतितोला २०० ले घटेर ९४ हजार २०० मा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको भाउ पनि प्रतितोला २०० ले घटेर ९३ हजार ७०० मा कारोवार भएको छ । यस अघि सोमबार तेजावी सुन रु ९३ हजार ९०० मा कारोवार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु ५ ले घटेर रु एक हजार १५० तोकिएको महासङ्घले जनाएको छ ।यस अघि सोमबार चाँदी रु एक हजार १५५ मा कारोवार भएको थियो ।