• गृहपृष्ठ
  • मेकानिकहरूको सिप र क्षमताको प्रतिस्पर्धा सम्पन्न, मानन्धर बने उत्कृष्ट मेकानिक

मेकानिकहरूको सिप र क्षमताको प्रतिस्पर्धा सम्पन्न, मानन्धर बने उत्कृष्ट मेकानिक

Jul 25th, 2022

काठमाडौँ९ साउन

सिप्रदी अटोपार्टस् प्रा.लि..र टाटा मोटर्स् लिमिटेडको आयोजनामा नेपालभरी छरिएर रहेका १२०० भन्दा बढी मेकानिकहरूको सिप र क्षमताको प्रतिस्पर्धा सम्पन्न भएको छ ।

उक्त प्रतिस्पर्धामा बनेपाका उमेश मानन्धर प्रथम, बुटवलका अम्बर गुरुङ द्वितीय र काठमाडौँका डेम लामाले तृतीय स्थान हासिल गरेका छन् ।

प्रतियोगिता लिखित र मौखिक दुई चरणमा आयोजना गरिएको थियो । पहिलो चरणमा २०० र दाश्रो चरणमा ३० जना प्रतिस्पर्धीको सहभागीता रहेको थियो ।
टाटा मोटर्स्का सवारी साधनहरूलाई देशको जुनसुकै स्थानमा जुनसुकै समयमा मर्मतसम्भार सहज रुपमा प्राप्त होस् भन्ने उद्देश्यले स्थानीय मेकानिक्सहरूसँग सहकार्यका विभिन्न कार्यहरू अगाडि बढाइएको छ ।

जसमध्ये टाटा गुरु कार्यक्रम एउटा महत्त्वपूर्ण कार्यक्रम रहेको छ, र तिनै टाटा गुरूहरूलाई आवश्यक तालिम, ज्ञान र क्षमता अभिवृद्धि गराउँदै पनि आएको छ ।

बजारमा रहेका टाटा गुरूहरूको क्षमताको परिक्षण गरी आवश्यक सुधार गर्नुपर्ने ठाउँहरूको पहिचान गर्नका निमित्त टाटा गुरूहरूको क्षमताको प्रतिस्पर्धा गर्ने कार्यक्रमकोे नाम गुरूक्षेत्र रहेको सिप्रदी अटोपार्टस् प्रा। लि।का वरिष्ठ महाप्रबन्धक युवराज बुढाथोकी बताउँछन् । साथै यस प्रतिस्पर्धाबाट उत्कृष्ट तीन जनालाई अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा पनि पठाइने कुरा उनी बताउँछन् ।

३०० भन्दा बढी मेकानिक्सहरुको सहभागीता रहेको उक्त कार्यक्रममा अन्य विभिन्न क्षेत्र र विधामा पनि उत्कृष्टता हासिल गर्ने टाटा गुरूहरू पुरस्कृत भएका छन् ।

चितवनको सेभेन स्टार होटलमा आयोजना गरिएको उक्त कार्यक्रममा सिप्रदी ग्रुप अफ कम्पनिजका प्रमुख कार्यकारी अधिकृत राजन बाबु श्रेष्ठले सम्बोधन गरेका थिए ।

सबै टाटा गुरूहरूको क्षमता अभिवृद्धिको जिम्मेवारी सिप्रदीले लिने पनि बताएका छन् । साथै कार्यक्रममा सिप्रदी ग्रुप अफ कम्पनीजका प्रमुख सञ्चालन अधिकृत राजेश प्रसाद गिरीले पनि सम्बोधन गरेका छन् ।

टाटा मोटर्सका तर्फबाट इन्टरनेशनल विजनेस हेड निल कुमार मिश्रले सम्पूर्ण गुरूहरूलाई धन्यवाद भन्दै अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका लागि शुभकामना व्यक्त गरे ।

उक्त कार्यक्रममा सहभागी सम्पूर्ण मेकानिक्सहरूले टाटा मोटर्स्ले आफूहरूलाई उचित सम्मानका साथ सहकार्यको प्रतिबद्धता गरेकोमा धेरै खुशी रहेको कुरा बताएका छन् ।