थप ५६८ जनामा कोरोना सङ्क्रमण

Jul 25th, 2022

काठमाडौं, ९ साउन

सोमबार थप ५६८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा देशभरिका विभिन्न प्रयोगशालामा चार हजार ८००
जनाको नमूना परीक्षण गर्दा उक्त सङ्ख्यामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । यो सँगै हालसम्म सङ्क्रमितको सङ्ख्या नौ लाख ८४ हजार ७५ पुगेको छ ।

हालसम्म ५८ लाख दुई हजार १४३ जनाको पीसीआर परीक्षण गरिएको छ।हाल सक्रिय सङ्क्रमितको सङ्ख्या तीन हजार ५३४ रहेको छ ।

थप ९५ जना डिस्चार्ज

नेपालमा पछिल्लो २४ घण्टामा ९५ जनाले कोरोना जितेका छन् ।

यो सँगै हालसम्म कोरोनामुक्त भई डिस्चार्ज हुनेको कूल सङ्ख्या नौ लाख ६८ हजार ५८४ पुगेको छ ।पछिल्लो २४ घण्टामा कोरोनाबाट थप एक जनाको मृत्यु भएको छ ।