तोलामा १०० ले घट्यो सुनको मूल्य

Jul 25th, 2022

काठमाडौं, ९ साउन

आज ​सुनको मूल्य घटेको छ । आइतबार तोलामा ९४ हजार ५०० मा कारोवार भएको छापावाल सुन आज प्रतितोला १०० ले घटेर ९४ हजार ४०० मा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको भाउ पनि प्रतितोला १०० ले घटेर ९३ हजार ९०० मा कारोवार भएको छ । यस अघि आइतबार तेजावी सुन रु ९४ हजारमा कारोवार भएको थियो ।

आज चाँदीको मूल्य पनि स्थिर रहेको छ ।महासङ्घले आजको लागि पनि चाँदीको मूल्य प्रतितोला रु एक हजार १५५ तोकेको छ ।