• गृहपृष्ठ
  • कोरोनाबाट २ जनाको मृत्यु ३४७ जनामा संक्रमण

कोरोनाबाट २ जनाको मृत्यु ३४७ जनामा संक्रमण

Jul 24th, 2022

काठमाडौँ ८ साउन

आज आइतबार कोरोना संक्रमणबाट २ जनाको मुत्यु भएको छ । गत साताको सोमबारपछि पहिलो पटक कोरोना संक्रमणबाट संक्रमितले ज्यान गुमाएका हुन्।

यस्तै पछिल्लो २४ घन्टामा ३४७ जना कोरोनाभाइरसका संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार आज कुल ३ हजार ८८८ जनाको परीक्षण गर्दा ३४७ जनामा संक्रमण पुष्टि भएको हो।

संक्रमणहरु मध्ये ३०३ जनाको पिसिआर र ४४ जनाको एन्टिजेनबाट परीक्षण गरिएको थियो।

स्वास्थ्य मन्त्रालयले कोरोनाबाट बच्न आवश्यक मापदण्डको पालना गर्न अनुरोध गरेको छ।