• गृहपृष्ठ
  • मंकीपक्स संक्रमण बढेपछि विश्वव्यापी स्वास्थ्य आपत्काल घोषणा

मंकीपक्स संक्रमण बढेपछि विश्वव्यापी स्वास्थ्य आपत्काल घोषणा

Jul 24th, 2022

न्युयोर्क / विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले मंकीपक्स प्रकोपलाई विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको छ । संसारभरका ७५ देशमाफैलिएपछि डब्लूएचओले मंकीपक्सलाई विश्व स्वास्थ्य आपत्काल घोषणा गरेको हो । पहिलो पटक सन् १९५० मा मध्यअफ्रिकामा यो भाइरस देखा परेको थियो ।

मंकिपक्सको संक्रमणका घटना बढेपछि डब्लूएचओको आपत्कालीन समितिको दोस्रो बैठकपछि सबैभन्दा उच्च तहको चेतावनी जारी गरिएको हो । विश्व स्वास्थ्य संगठन महानिर्देशक डा टेड्रोस अधानोम गेब्रेयसले ७५ देशमा १६ हजारभन्दा धेरै केस रिपोर्ट गरिएको बताए ।

उनका अनुसार महामारीका कारण अहिलेसम्म पाँच जनाको मृत्यु भइसकेको छ । मंकीपक्सबाहेक अहिले कोभिड र पोलिओ उन्मुलनसम्बन्धी अन्य दुई प्रकारका विश्वव्यापी स्वास्थ्य आपत्काल लागू भएका छन् । एजेन्सी