शुक्रबार थपिए ४५६ कोरोना सङ्क्रमित

Jul 22nd, 2022

काठमाडौं, ६ साउन

शुक्रबार थप ४५६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा देशभरिका विभिन्न प्रयोगशालामा तीन हजार ८३८ जनाको नमूना परीक्षण गर्दा उक्त सङ्ख्यामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । यो सँगै हालसम्म सङ्क्रमितको सङ्ख्या नौ लाख ८३ हजार १०३ पुगेको छ ।

हालसम्म ५७ लाख ९५ हजार ६११ जनाको पीसीआर परीक्षण गरिएको छ।हाल सक्रिय सङ्क्रमितको सङ्ख्या २८४१ रहेको छ ।

थप ८० जना डिस्चार्ज

नेपालमा पछिल्लो २४ घण्टामा ८० जनाले कोरोना जितेका छन् ।

यो सँगै हालसम्म कोरोनामुक्त भई डिस्चार्ज हुनेको कूल सङ्ख्या नौ लाख ६८ हजार ३०८ पुगेको छ ।पछिल्लो २४ घण्टामा कोरोनाबाट कोहीको पनि मृत्यु भएको छैन ।