तोलामा १००० ले बढ्यो सुनको मूल्य

Jul 22nd, 2022

काठमाडौं, ६ साउन

आज ​सुनको मूल्य बढेको छ । बिहीबार तोलामा ९३ हजारमा कारोवार भएको छापावाल सुन आज प्रतितोला १००० ले बढेर ९४ हजारमा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको भाउ पनि प्रतितोला १००० ले बढेर ९३ हजार ५०० मा कारोवार भएको छ । यस अघि बिहीबार तेजावी सुन रु ९२ हजार ५०० मा कारोवार भएको थियो ।

आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १० ले बढेर रु एक हजार १६५ तोकिएको महासङ्घले जनाएको छ ।यस अघि बिहीबार चाँदी रु एक हजार १५५ मा कारोवार भएको थियो ।