• गृहपृष्ठ
  • सहयोगी बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष अपराधिक कृयाकलापमा संलग्न

सहयोगी बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष अपराधिक कृयाकलापमा संलग्न

Jul 21st, 2022

ललितपुर ५ साउन

सहयोगी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका वर्तमान अध्यक्ष अनिल श्रेष्ठ निवर्तमान उपाध्यक्ष अख्खनदास श्रेष्ठ र व्यवस्थापक श्यामकृष्ण अपराधिक कृयाकलापमा संलग्न रहेको आरोपमा मुछिएका छन् । ।

प्रहरीले गत असार १३ गते ललितपुरको महालक्ष्मी नगरपालिका ४ मा एउटा स्कुटरको डिक्कीभित्र दुई राउण्ड गोली फेला पारेपछि उनीहरुलाइ पक्राउ गरेको थियो । हालसम्मको अनुसन्धानबाट अभियुक्तहरु उक्त घटनामा एकपछि अर्को व्यक्ति जोडिएका छन् । प्रहरीले सोही नगरपालिका ८, लुभू बस्ने ५४ वर्षे श्यामकृष्ण श्रेष्ठ चढेको प्रदेश ३–०२–०१२ प ६२४१ नम्बरको स्कुटरको डिक्कीबाट उक्त गोलीसहितको पेस्तोल बरामद भएको थियो ।

श्रेष्ठमाथि अनुसन्धान गर्ने क्रममा अन्य दुई जना पनि तानिएका हुन् । अनिल श्रेष्ठ र अख्खनदास श्रेष्ठलाई पक्राउ गरी प्रहरीले हातहतियार तथा खरखजाना अपराधिक षडयन्त्र मुद्दामा जिल्ला अदालतबाट हिरासतमा राख्ने अनुमति लिएको छ ।

अभियुक्त अनिलले सर्लाही घर भई हाल लुभू बस्ने शिवजी महतोकी श्रीमती सरस्वती खत्रीलाई भगाई दोस्रो बिवाह गरेकाले अनिल श्रेष्ठ र सरस्वतीलाई जिल्ला प्रहरी परिसर ललितपुरले गत चैत १७ गते बहुविवाह मुद्दा दर्ता गरेर अनुसन्धान तथा कारवाही अघि बढाएको थियो । यता श्यामकृष्ण र शिवजी हितैषी साथी भएकाले श्यामकृष्णले अनिलविरुध्द अदालतमासमेत साक्षी बकपत्र गरेकाले अनिलले श्यामकृष्णसङ्ग भित्री दुश्मनी लिएको रहस्य खुल्न आएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार अनिल श्रेष्ठले सहयोगी बहुउद्देश्यीय सहकारी संस्थाबाट आफ्नो र परिवारको नाममा दुई करोड पन्चान्नब्बे लाख कर्जा लिएका थिए । सोको ब्याज तथा साँवा रकम नतिरी कर्जा अनियमितता गरेकाले कर्जा चुक्ता गर्न व्यवस्थापक श्यामकृष्णले अनिललाई पटक पटक ताकेता गरेपछि उक्त विषयतर्फ पनि प्रहरीले आशंका गरेको देखिन आएको हो ।

श्यामकृष्ण पक्राउ पर्नुअघि अनिलले जिल्ला प्रहरी परिसर,ललितपुरमा फोन गरी श्यामकृष्ण चढ्ने स्कुटरमा पेस्तोल र गोली रहेको सूचना दिएका थिए । स्कुटर सहयोगी सहकारीको भएको तर श्यामकृष्ण श्रेष्ठले चढ्ने गरे पनि अर्को साँचो पूर्वउपाध्यक्ष अख्खनदास श्रेष्ठसँग समेत थियो ।

अख्खनले २५ दिनअगाडि साँचो अनिल श्रेष्ठलाई दिएकाले उनले नै स्कुटरको डिक्की खोली हतियार राखेको प्रहरीको भनाइ छ । पूर्व रिसइवी तथा कर्जा असुलीमा ताकेता गर्दा आफूलाई परेको असरसमेतको कारण श्यामकृष्णलाई फसाउन अभियुक्त अनिलले अपराधिक षड्यन्त्र गरेको देखिन आएको प्रहरीले जनाएको छ।