तोलामा १००० ले घट्यो सुनको मूल्य

Jul 21st, 2022

काठमाडौं, ५ साउन

​सुनको मूल्य घटेको छ । बुधबार तोलामा ९४ हजारमा कारोवार भएको छापावाल सुन आज प्रतितोला १००० ले घटेर ९३ हजारमा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको भाउ पनि प्रतितोला १००० ले घटेर ९२ हजार ५०० मा कारोवार भएको छ । यस अघि बुधबार तेजावी सुन रु ९३ हजार ५०० मा कारोवार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १९ ले घटेर रु एक हजार १५५ तोकिएको महासङ्घले जनाएको छ ।यस अघि बुधबार चाँदी रु एक हजार १६५ मा कारोवार भएको थियो ।